काठमाडौँ । ह्यात होटल्स कर्पोरेशन र सिटी होटल लिमिटेडले ह्यात प्लेस काठमाडौँ अब ह्यात सेन्ट्रिक सोल्टीमोड काठमाडौँमा रूपान्तरण भएको घोषणा गरेको छ । यो नेपालको पहिलो ह्यात सेन्ट्रिक ब्राण्डको होटल भएको छ ।
काठमाडौँ सहरको मुटुमा अवस्थित यस होटलले काठमाडौँको समृद्ध सांस्कृतिक सम्पदासँग आधुनिक आरामलाई संयोजन गर्दछ।
ह्यात सेन्ट्रिक सोल्टीमोड काठमाडौँले आधुनिक यात्रुहरूलाई नेपालको राजधानी, काठमाडौँको सारलाई अनुभव गर्न स्वागत गर्दछ र आधुनिक डिजाइन, जीवन्त कला, उत्कृष्ट पाककला र नवीन अनुभवहरूको जीवन्त मिश्रण प्रदान गर्दछ । यस होटलले गतिशील सामाजिक स्थानहरू, स्थानीय सहकार्यहरू तथा रमाइलो र जानकारीमूलक अनुभवहरूको माध्यमबाट स्थानीय संस्कृतिलाई झल्काउँछ।
ह्यात सेन्ट्रिक सोल्टीमोड काठमाडौँ होटलको प्रत्येक कुनाले काठमाडौँ सहरको कथाहरू व्यक्त गर्दछ । ‘विस्तृत पुनःनिर्माण तथा नवीकरण पश्चात्, हामी ह्यात सेन्ट्रिक ब्राण्डलाई नेपालमा प्रस्तुत गरी हाम्रा अतिथिहरूलाई काठमाडौँको संस्कृतिको झलक दिन र आधुनिक सेवा प्रदान गर्न उत्साहित छौँ ।’ सिटी होटल लिमिटेडका कार्यकारी सञ्चालक अक्षय गोल्यानले भने । ह्यात सेन्ट्रिक सोल्टीमोड काठमाडौँ खोज तथा अनुसन्धानलाई प्रेरित गर्नका लागि डिजाइन गरिएको छ र यात्रुहरूलाई कुनै अनुभवको कमी हुन नदिनको लागि आधुनिक स्थानीय स्थान प्रदान गर्दछ ।

लबीलाई यात्रुहरूलाई स्वागत सत्कार गर्ने, खुला सामाजिक स्पेसको रुपमा प्रस्तुत गरी खोजीको केन्द्रको रुपमा पुनःपरिकल्पना गरिएको छ। होटलको प्रवेश द्वारलाई स्थानीय कलाबाट प्रेरित विभिन्न तत्वहरू र मूर्तिहरू राखी डिजाइन गरिएको छ । मैत्रीपूर्ण र जानकार कर्मचारीहरूले अतिथिहरूलाई सहरको खोजी तथा भ्रमणमा सहयोग पुर्याउन आफ्ना स्थानीय ज्ञान बाँड्न सदैव तयार छन् ।
यो ८,६०० वर्ग फिटभन्दा बढीको आवश्यकता अनुसार मिलाउन मिल्ने बैठक र कार्यक्रम स्थानहरू खानपान सेवा, सुविधाहरू सहित उपलब्ध छ । अतः १० देखि ६०० व्यक्ति अटाउने यी स्थानहरू बैठक, विवाह र सिर्जनात्मक भेला जस्ता कुनै पनि कार्यक्रमका लागि उपयुक्त छन् । यी सबै स्थानहरु अतिथिहरूको आवश्यकता अनुकूल बनाउन मिल्दछ ।
सेंट्रिक लाउन्ज जीवन्त कम्युनिटी बार हो, जहाँ स्थानीयहरू र अतिथिहरूले विशेषज्ञतापूर्वक तयार गरिएको कफी, सिग्नेचर ककटेल र स्थानीय स्वादले प्रेरित परिकारहरूको साथमा रमाउन सक्दछन्। पूरा दिन सञ्चालन हुने रेस्टुरेन्ट जसले स्थानीय स्वादको तड्का मिसिएका विश्वभरबाट प्रेरित परिकारहरू सरलता र वास्तविकतालाई पेश गर्दछ ।

ह्यात सेन्ट्रिक सोल्टीमोड काठमाडौँको १५३ कोठाहरू उपयोगिता र आकर्षणका लागि डिजाइन गरिएको छ। यस होटल अतिथिहरूलाई निःशुल्क वाइफाइ तथा आवश्यक सबै कुरा सजिलै उपलब्ध गराउने मनसायले बनेको छ ।
‘अतिथिहरूलाई तथा वर्ल्ड अफ हयात सदस्यहरूलाई नेपालको पहिलो ह्यात सेन्ट्रिक ब्राण्डको होटलमा स्वागत गर्न पाउँदा हामी उत्साहित छौँ । हाम्रो लक्ष्य काठमाडौँको सहरलाई होटलको प्रत्येक कोणबाट प्रस्तुत गरी अविस्मरणीय अनुभवहरू सिर्जना गर्नु हो ।’ ह्यात सेन्ट्रिक सोल्टीमोड काठमाडौँका महाप्रबन्धक वरुण तलवारले भने ।































प्रतिक्रिया