नायिका र गायिका हुँदै अब निर्मात्री पनि बन्दै प्रियंका कार्की

नायिका र गायिका हुँदै अब निर्मात्री पनि बन्दै प्रियंका कार्की

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रियंका कार्की नेपाली चलचित्र क्षेत्रकी निकै नै व्यस्त रहने नायिकामा पर्दछिन् । समग्रमा भन्नुपर्दा वर्ष २०१८ कार्कीलाई निकै फाप्यो ।

यहि वर्ष उनले आफ्नो प्रेमी आयुषमान देशराज जोशीसँग इन्गेजमेन्ट समेत गरिन् । साथै उनी अभिनित चलचित्र कथा काठमाडौं, चंगा चेट लगायतका चलचित्रहरु प्रदर्शनमा आए भने प्रेम दिवस, अनागत लगायतका थुप्रै चलचित्रको लागि उनी काम गरिरहेकी छन् ।

उनी रिल लाईफमा नै यति व्यस्त छिन् कि रियल लाइर्फमा उनलाई आफ्नो प्रेमी र परिवारको लागि समय म्यानेज गर्न निकै गाह्रो छ । हालै कार्की अभिनित चलचित्र ‘अनागत’ मा समावेश एउटा गीतमा पनि उनले स्वर दिईसकेकी छन् ।

प्रियंका नायिका र गायिका मात्र नभएर अब निर्मात्री पनि बन्दै छिन् । अर्थात उनी अब चलचित्र निर्माण गर्ने तयारीमा छिन् । नायिका कार्कीले निर्देशक सामतेन भुटियासँग मिलेर चलचित्र निर्माण गर्ने खबरहरु सार्वजनिक भईरहेका छन् ।

यसविषयमा उनी कार्की भन्छिन् ‘म अहिले मेरो आफ्नै कथामा काम गरिरहेको छु, म साम्तेनसँग मिलेर काम गर्न चाहन्छु तर म आफ्नो पहिलो चलचित्र आफै निर्देशन गर्न चाहन्छु ।’ साथै उनी आफ्नै कथा र प्रोडक्शनमा चलचित्र बनाउने बताउँछिन् ।

कार्कीको अभिनयलाई त दर्शकरुले रुचाउँदै आएका छन् । तर आगामी दिनमा उनले चलचित्र बनाइन भने उनलाई निर्माता तथा निर्देशकको रुपमा दर्शकहरुले कति मन पराउलान् र उनी कतिको सफल रहलिन् त्यो हेर्न भने केहि समय पक्कै कुर्नुपर्ने हुन्छ ।

Skip This
Skip This
Logo