सिमेण्टमा भएको अस्वाभाविक मूल्यबृद्धिप्रति पोखरा र लेखनाथ उद्योग वाणिज्य संघको आपत्ति

सिमेण्टमा भएको अस्वाभाविक मूल्यबृद्धिप्रति पोखरा र लेखनाथ उद्योग वाणिज्य संघको आपत्ति

केन्द्रबिन्दु
18
Shares

पोखरा । सिमेण्टमा भएको ‘अस्वाभाविक’ मूल्यबृद्धिप्रति पोखरा उद्योग वाणिज्य संघ र लेखनाथ उद्योग वाणिज्य संघले आपत्ति जनाएका छन्।

पोखरा उद्योग वाणिज्य संघका महासचिव शोभा गौतम र लेखनाथ उद्योग वाणिज्य संघका महासचिव जानुका पराजुली अधिकारीले सोमबार एक संयुक्त विज्ञप्ति निकालेर सिमेण्टमा भएको ‘अस्वाभाविक’ मूल्यबृद्धिप्रति आपत्ति जनाएका हुन्।

उक्त विज्ञप्तिमार्फत सिमेण्टमा मूल्य बढेकै कारण भौतिक निर्माणका कामहरू रोकिएको जिकिर गर्दै यस अत्याधिक मूल्यबृद्धिले भौतिक निर्माणको गति सुस्त हुनेमा चिन्ता प्रकट गरिएको छ।

पछिल्लो एक महिनाभित्र प्रतिबोरा सिमेण्टको मूल्यमा तीनसय ५० रुपैयाँसम्म मूल्य बढेको जिकिर गर्दै दुबै संघको तर्फबाट जारी विज्ञप्तिमा मूल्यबृद्धि अस्वाभाविक भएको जिकिरमात्र गरिएको छैन, मूल्यबृद्धि फिर्ता लिन, प्रतिस्पर्धात्मक अर्थ व्यवस्थाको सम्मान गर्न तथा स्वाभाविक रूपले आपूर्तिको प्रबन्ध गर्न माग पनि गरिएको छ ।

Skip This
Skip This
Logo