एजेन्सी । मिस वर्ल्ड२०१७ को ताज पहिरिन सफल भारतीय सुन्दरी मानुषी छिल्लर अब छिट्टै बलिउड फिल्ममा डेब्यु गर्दै छिन् । उनी निर्देशक फराह खानको फिल्मबाट बलिउडमा प्रवेश गर्न लागेकी हुन् ।
यसअघि अभिनेत्री दीपिका पादुकोणलाई पनि फराहले नै आफ्नो फिल्म ‘ओम शान्ति ओम’ बाट बलिउड दुनियामा प्रवेश गराएकी थिइन् । एकपछि अर्को हिट फिल्म दिँदैं दीपिकाले अहिले बलिउड इन्डस्ट्रीमा राज गर्न सफल भएकी छिन् ।
भारतीय मिडियामा उल्लेख गरिए अनुसार मानुषी र फराहले फिल्मको बारेमा एकअर्कालाई भेटेर कुरा समेत गरिसकेका छन् । यति मात्र नभएर मानुषीले स्क्रिप्ट पढेर काम गर्न सुरु गरेकी छन्, जसको लागि उनी अहिले गोवा पुगेकी छन् ।
केहि समय अघि मानुषीले धर्मा प्रोडक्शनको फिल्मबाट बलिउडमा डेब्यु गर्ने भन्ने जस्ता खबरहरु मिडियामा सार्वजनिक नभएका होइनन् । तर अन्तत उनी फराह खानकै फिल्ममा काम गर्ने भएकी छिन् ।
केहि समय अघि मानुषी छिल्लर अभिनेता रणवीर सिंहसँग एउटा विज्ञापनमा काम गरिसकेकी छन् । मानुषीको अभिनय रहने पहिलो फिल्मको नाम भने अहिले खुलाएको छ्रैन् ।































प्रतिक्रिया