काठमाडौं । डा. गोविन्द केसीको अनशनका बीच आज संसदमा चिकित्सा शिक्षा विधेयक पेश हुँदैछ । इलाममा अनशनरत डा. केसीको असहमतिका बीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदमा पेश हुन लागेको हो ।
संसदको शिक्षा तथा स्वास्थ्य समितिले गत बुधबार बहुमतले पारित गरेको प्रतिवेदन आज बस्ने प्रतिनिधिसभा बैठकमा पेश हुनेछ ।
मध्याह्न १२ बजे बस्ने बैठकमा उक्त विधेयक पेश गर्ने कार्यसूची छ। सरकारले आफूसँग गरेको सहमतिविपरीत विधेयक तयार पारेको भन्दै डा. केसी गत बुधबारदेखि १६ औं सत्याग्रहमा छन्।































प्रतिक्रिया