काठमाडौँ । नयाँ पुस्ताका लोकप्रिय गीतकार अनिल खनालको नयाँ गीत ‘विनास्वादै’ बजारमा आएको छ । लोकदोहोरी, आधुनिक र फिल्मसहित विभिन्न विधामा कलम चलाउँदै आएका युवा गीतकार खनालको अर्को गीत ‘विनास्वादै’ डिजिटल प्लेटफर्म रामचन्द्र चन्द मार्फत सार्वजनिक भएको हो ।
खनालको शब्द रहेको गीतमा रामचन्द्र चन्दको संगीत र स्वर रहेको गीत गोविन्द अनेकले एरेन्ज गरेका हुन् । निर्देशक राज केसीले निर्देशन गरेको गीतको म्युजिक भिडियोमा रामचन्द्र चन्द, संरचना ठकुरी, रञ्जु ठकुरी, दुर्गाप्रसाद खरेल, प्रकाश बास्कोटा, संगीता बास्कोटा र श्याम बास्कोटा लगायतको अभिनय रहेको छ ।





























प्रतिक्रिया