काठमाडौं । सुदूरपश्चिम प्रदेश अटोमोबाइल एशोसिएशनको आयोजनामा धनगढी अटो र्याली र अटोक्रस आगामी फागुन १६ र १७ मा हुने भएको छ ।
हिजो पौष २३ गते धनगढी प्रेसमिटमा “धनगढी अटो र्याली र अटोक्रस”को घोषणा गर्दै सुदूरपश्चिम प्रदेश अटोमोबाइल एशोसिएशनका अध्यक्ष पुस्कर राज ओझाले थ्रिल, एड्भेन्चर र प्यासनकोे संगम मोटरस्पोर्टस्लाई सुदूरपश्चिममा यस कार्यक्रमबाट शुरुआत गरिएको बताएका छन् ।
प्रेसमिटमा सुदुरपश्चिम खेलकुद परिषदका सदस्य सचिव दिपक बहादुर सिंहले युवाहरुमा लोकप्रिय बन्दै गएको मोटरस्पोर्टस्ले सुदुरसश्चिममा पनि नयाँ तरङ्ग ल्याउने आशा व्यक्त गर्दै प्रदेश खेलकुद परिषद्ले आवश्यक सहयोग गर्ने बताए ।
प्रेसमिटमा बताइएअनुसार धनगढीबाट शुरू गरिने अटो र्यालीमा न्यूनतम ५० वटा कार र जीप सहभागी हुनेछन् जसले समय, दूरी र गतिको संतुलन मिलाउँदै आयोजकले तोकेको रुटमा पर्शुराम धामसम्म टिए.एस.डी फर्म्याटको र्यालीमा सहभागी हुनेछन् ।
प्रत्येक गाडीमा ड्राइभर र न्याभिगेटर गरी २ जनाको टीम रहेकामा टिम दर्ता शुल्क जम्मा पाँच हजार तोकिएको छ । जसको विजयीले क्रमश रु ८१ हजार, २७ हजार र ९ हजार नगद, शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् भने संपूर्ण सहभागीलाई प्रमाणपत्र प्रदान गरिनेछ ।
त्यस्तै, चांदनी दोधारा पुल क्षेत्रमा अटोक्रसको आयोजना गरिनेछ, जसमा अटो र्यालीका सहभागीबाट २० ड्राईभरले अवसर पाउनेछन् । संसारकै सुन्दर पुलको वरिपरि हुने सो इभेन्टका विजेताहरुलाई अन्तर्राष्ट्रिय सहभागिताको अवसर तथा शिल्ड र सर्टिफिकेट पाउने छन् । इभेन्टमा मेकानिकल, मेडिकल, मिडीया र तालिमप्राप्त मार्शलको व्यवस्था गरिएको पनि अयोजकले जनाए ।
जुनसुकै क्षमता र डिजायनका निजी कार र जीपलाई अटो र्यालीमा समावेश गराइनेछ भने अटोक्रसमा १ हजारदेखि १६ सय सिसी सम्मका कार मात्र सहभागी हुनेछन् ।
नेपाल अटोमोबाइल्स एशाेसिएशनको गाइडलाइन अनुसार हुने दक्ष प्राविधिक र मार्शलहरुका सुपरिवेक्षणमा संचालन हुने संघका तालिम तथा मार्शल कमिसनका सचिव आशिष रौनियारले बताए ।
सुदूरपश्चिम खेलकुद परिषदका मुख्य सहयोग रहेको सो इभेन्टहरुमा पर्शुराम भान नगरपालिक, स्थानिय उद्योग वाणिज्य संघहरु, अटोमोवाइल व्यवसायी संस्था लगायतक संधसंस्थाका सहयोग हुनेछ । प्रेसमिटमा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्व कुवँर, संघका तालिम तथा मार्शल कमिसनका प्रमोद श्रेष्ठ, सचिव सुमन सैजु लगायतले आफ्नो धारण राखे ।































प्रतिक्रिया