प्रधान सेनापति थापालाई भारतको मानार्थ सेनापतिको दर्जा प्रदान

प्रधान सेनापति थापालाई भारतको मानार्थ सेनापतिको दर्जा प्रदान

केन्द्रबिन्दु
0
Shares

भारत भ्रमणमा रहेका प्रधान सेनापति पूर्णचन्द्र थापालाई भारतीय सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।शुक्रबारदेखि भारतको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति थापालाई आज आयोजित एक विशेष कार्यक्रममा भारतका राष्ट्रपति राम नाथ कोविन्दले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।

नेपाल र भारतीय सेनाबीच रहिआएको परम्परागत आपसी सौहार्द सम्बन्ध अनुरूप दुवै देशका सेना प्रमुखलाई कदरस्वरूप सन् १९५० देखि मानार्थ महारथी दिने ऐतिहासिक प्रचलन रहिआएको छ।

प्रधान सेनापति थापाले शुक्रबार न्यू दिल्लीस्थित नेशनल डिफेन्स कलेजको निरीक्षण पनि गरेका थिए ।

Skip This
Skip This
Logo