छोटो समयमै बलिउडमा छलाङ मार्न सफल सारा अलि खान

छोटो समयमै बलिउडमा छलाङ मार्न सफल सारा अलि खान

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । डेब्यु एक्ट्रेस सारा अलि खानलाई वर्ष २०१८ निकै फलदायी भयो भन्दा फरक नपर्ला । यो वर्ष बलिउडमा डेब्यु गरेका दुई अभिनेत्री सारा अलि खान र जाहन्वी कपूरको निकै चर्चा भयो ।

२०१८ को अन्तिममा सारा अलि खानको डेब्यु फिल्म ‘केदारनाथ’ र अर्को फिल्म ‘सिम्बा’ रिलिज भयो । रोचक त के छ भने खान अभिनित दुबै फिल्मले भारतीय बक्स अफिसमा आक्रमक व्यापार गरेको छ । यो वर्ष साराले बलिउडमा ‘डेब्यु एक्ट्रेस अफ द ऐयर’ को अर्वाड पाउने बढ्दो सम्भावना बोकेकी छन् ।

केदारनाथमा साराले सुशान्त सिंह राजपूतसँग रोमान्स गरेकी थिइन् भने सिम्बामा उनले अभिनेता रणवीर सिंहसँग एउटै स्क्रिन शेयर गरिन् । तर सिम्बामा उनको रोल निकै छोटो छ ।

युवाबीच लोकप्रियः
छोटो समयमै बलिउडमा आफ्नो छुट्टै पहिचान बनाउन सफल अभिनेत्रीमा पर्छिन् सारा अलि । सिम्बा रिलिज भएको दुई साता नपुग्दै यो फिल्मले २०० करोडको व्यापार गरिसकेको छ भने केदारनाथले पनि बक्स अफिसमा राम्रो कलेक्शन गरेको थियो ।

Skip This
Skip This
Logo