ड्रीम अन एजुकेशनको ब्रान्ड एम्बासडरमा अञ्जना रानामगर नियुक्त

ड्रीम अन एजुकेशनको ब्रान्ड एम्बासडरमा अञ्जना रानामगर नियुक्त

केन्द्रबिन्दु
18
Shares

काठमाडौँ । सपनाहरूलाई सशक्त बनाउँदै, जीवनहरूलाई परिवर्तन गर्दै ड्रीम अन एम्बासडर सम्झौता सभा अरन्या बुटिक होटलमा भव्य रूपमा सम्पन्न भएको छ ।

कार्यक्रमले अञ्जना रानामगरलाई प्रेरणादायी नारा इम्पावरिङ ड्रिम्स्, ट्रान्सफर्मिङ लाइभ्स्सहित ब्रान्ड एम्बासडरको रूपमा स्वागत गरेको छ ।

ब्रान्ड एम्बासडर रानामगरले आफ्ना अनुभवहरू साझा गर्दै भनिन्, ‘ड्रीम अन एजुकेशनको हिस्सा हुन पाउँदा म सम्मानित महसुस गरिरहेकी छु । फुटबलमा जस्तै जीवनमा सपना पूरा गर्न फोकस, अनुशासन र मेहनत आवश्यक छ । म विद्यार्थीहरूलाई आफ्ना लक्ष्यहरू पूरा गर्न प्रेरित गर्ने प्रतिबद्धता गर्दछु ।’

ईक्यान अध्यक्ष शेषराज भट्टाराईले ड्रीम अनको दृष्टिकोणको चर्चा गर्दै भने, ‘ड्रीम अनले युवाहरूलाई चुनौतिहरू पार गर्दै आफ्नो सम्भावनाहरूको खोजी गर्न मार्ग देखाइरहेको छ । रानामगरको सहभागिताले यसको समर्पणलाई थप मजबुत बनाएको छ ।’ पूर्वईक्यान अध्यक्ष दीपक गुरुङले ड्रीम अनको शैक्षिक प्रतिबद्धताको प्रशंसा गर्दै भने, ‘ड्रीम अनले विद्यार्थीहरूको उज्ज्वल भविष्य बनाउन महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । यो पहलले अझ सशक्त बनाउनेछ ।’

एआईएसए इन्टरनेशनल नेपाल इन्स्योरेन्सकी महाप्रबन्धक सिपा रेग्मीले शैक्षिक साझेदारीको महत्त्वलाई जोड दिँदै भनिन्, ‘ड्रीम अन केबल शिक्षामा सीमित छैनः यो सहनशीलता, नेतृत्व र चरित्र निर्माणमा केन्द्रित छ । हामी यो परिवर्तनकारी यात्राको हिस्सा हुन पाउँदा गर्व गर्छौं ।’

ड्रीम अन एजुकेशन शैक्षिक परामर्श र करियर विकासमा अग्रसर संस्था हो । यसले विश्वव्यापी साझेदारी र विशेषज्ञ मार्गदर्शनद्वारा विद्यार्थीहरूलाई शैक्षिक र व्यावसायिक सफलतामा पुर्‍याउँछ।

Skip This
Skip This
Logo