सुनौलो नेपालको आयोजनामा ‘गण्डकीको पर्यटन र अर्थतन्त्रको उडान’ शीर्षकमा प्यानल डिस्कसन आज हुँदै

सुनौलो नेपालको आयोजनामा ‘गण्डकीको पर्यटन र अर्थतन्त्रको उडान’ शीर्षकमा प्यानल डिस्कसन आज हुँदै

केन्द्रबिन्दु
18
Shares

काठमाडौँ । सुनौलो नेपालको आयोजनामा ‘गण्डकीको पर्यटन र अर्थतन्त्रको उडान’ शीर्षकमा आज प्यानल डिस्कसन हुँदै छ । प्रदेश रहेका सम्भावनाको खोजी र भावी योजना लगायत विषयमा केन्द्रित रहेर सञ्चार प्रतिष्ठान सुनौलो नेपालले आयोजना गरेको कार्यक्रम आज दिउँसो १ बजेदेखि पोखराको माउन्ट कैलाश रिसोर्टमा हुन लागेको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ कार्यक्रमको प्रमुख अतिथि रहेका छन् भने विशेष अतिथिमा पर्यटन मन्त्री बद्रीप्रसाद पाण्डे रहने छन् ।

तीन सत्रमा आयोजना हुने कार्यक्रमको पहिलो सत्र ‘गण्डकी, पर्यटन र राष्ट्रिय अर्थतन्त्र’ को संभावना खोजीमा केन्द्रित हुने आयोजकले जनाएको छ । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशी पहिलो सत्रका मुख्य वक्ता रहेका छन् । पहिलो सत्रमा नेपाल वायुसेवा निगमका पूर्वमहाप्रबन्धक डिमप्रकाश पौडेलले सहजकर्ताको भूमिका निर्वाह गर्ने छन् ।

‘पर्यटन र पोखरा विमानस्थल’को विषयमा केन्द्रित रहेर छलफल गरिने दोस्रो सत्रमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका संयोजक रामेश्वर खनाल र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल वक्ता रहेका छन् । सहजकर्तामा नबिल बैंकका सिनियर डिसीईओ मनोज ज्ञवाली छन् ।

‘पोखरामा पर्यटनका थप सम्भावना’बारेमा केन्द्रित रहेर तेस्रो सत्र आयोजना हुनेछ । तेस्रो सत्रमा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापा, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ र पर्यटन व्यवसायी पोम नारायण श्रेष्ठ वक्ता रहने छन् । यस सत्रमा सञ्चारकर्मी सुमन ढुंगानाले सहजकर्ताको भूमिका निर्वाह गर्नेछन् ।

कार्यक्रममा गण्डकीका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले ‘गण्डकीमा स्वास्थ्य पर्यटनको सम्भावना’ बारे धारणा राख्ने छन् । त्यसैगरी नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्दिशक प्रदिप अधिकारीले ‘पोखरा विमानस्थल परिकल्पनादेखि सञ्चलानसम्म’ को अवस्थामा आउँदा भएका आरोहअवरोहका बारेमा जानकारी दिने छन् ।

कार्यक्रमको मुख्य प्रायोजक ग्लोबल आइएमई बैंक र रारा चाउचाउ रहेका छन् । स्फटी हाइजिन, आइएसएमटी कलेज, ओम मेगाश्री फर्मास्युटिकल्स र नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) सहयोगी रहेका छन् । कार्यक्रम सहयोगीमा गण्डकी प्रदेश सरकार, पोखरा महानगरापालिका र नेपाल पर्यटन बोर्ड रहेका छन् ।

रेष्टुरेन्ट पाटर्नरमा अलेब कबाब, एयरलाइन्स पाटर्नरमा यती र बुद्ध एयर, ट्राभल पाटर्नर एमडी एड्भेन्चर ट्राभल एण्ड टुरिजम, एजुकेसन पाटर्नर काठमाडौँ मेडिकल कलेज र ग्राफिक्स पाटर्नर क्रियटिभ आईडियाज रहेका छन् । कार्यक्रम सुनौलो नेपालको आधिकारिक युट्युब च्यानल सुनौलो नेपाल टिभी, न्युज २४ टेलिभिजन र पब्लिक फोरके टेलिभिजनबाट एकसाथ प्रत्यक्ष प्रसारण हुनेछ ।

Skip This
Skip This
Logo