सुडानमा पाउरोटीको मूल्य वृद्धिको विरोध, २२ जनाको मृत्यु

सुडानमा पाउरोटीको मूल्य वृद्धिको विरोध, २२ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । सुडानमा पाउरोटीको मूल्यमा अत्यधिक वृद्धि गरेको विरोधमा भईरहेको प्रदर्शनमा २२ जनाको मृत्यु भएको छ । केही दिनदेखि जारी विरोध प्रदर्शनका क्रममा मर्नेको संख्या २२ पुगेको हो ।

खार्तुममा हजारौँ प्रदर्शनकारीहरूले गरेको प्रदर्शनका क्रममा उनीहरू मारिएको अधिकारीहरूले जनाएका छन् । सरकारले पाउरोटीको मूल्यमा अत्यधिक वृद्धि गरेको भन्दै आक्रोसित प्रदर्शनकारीले केही दिनदेखि सुडानमा प्रदर्शन गरिरहेका छन् ।

प्रदर्शनकारीहरूले वृद्धि गरिएको मूल्य तत्काल फिर्ता गर्न माग गरेका छन् । सुडान सरकारले पाउरोटीको मूल्यमा वृद्धि गरी एक सुडानी पाउन्डबाट तीन पाउन्ड बनाएको र इन्धनको मूल्यमा पनि दोब्बर वृद्धि गरेको छ ।

Logo