पूर्वराजा ज्ञानेन्द्र शाहले देश सकसपूर्ण र कपटपूर्ण अवस्थाबाट गुज्रेको बताएका छन् । पृथ्वीनारायण शाहको २९७ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै ज्ञानेन्द्रले भुलेर, अल्मलिएर र आफ्नै अस्तित्व बोधबाट विस्मरण गर्दा देश अप्ठेरोमा पुगेको दाबी गरेका हुन् ।
पृथ्वीनारायण शाहका दिव्य उपदेशको औचित्य स्मरण गराउँदै उनले भनेका छन्, ‘नेपाल चार जात छत्तीस वर्णको फूलबारी हो, मेरा साना दुःखले आर्ज्याको मुलुक होइन सबैलाई चेतना भया,’ भन्ने दिव्य उपदेशको मर्म अनुरूपको व्यवहार गर्न नखोज्दा मातृभूमिको अस्तित्वमा घात प्रतिघातको कालो बादल मडारिएको छ ।’
एउटा नागरिकको निम्ति देशभन्दा ठूलो अर्को कुनै वाद वा विचार हुन नसक्ने उल्लेख गर्दै ज्ञानेन्द्रले भनेका छन्, ‘नेपाली नेपालीबीच फाटो पैदा गर्ने, दूराग्रह बढाउने, सार्वभौमिक सर्वोच्चता, राष्ट्रिय एकता र सामाजिक सद्भावलाई क्षति पुर्याउने, अनुशासनहीनता र अराजकतालाई प्रोत्साहन गर्ने जस्ता कार्य कुनै वाद र विचारका आडमा गरिनु हुँदैन भन्ने मेरो मान्यता रहेको छ ।’































प्रतिक्रिया