काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले मुलुक एकजुटताका साथ अघि बढ्न सके सबै क्षेत्रले द्रुत विकासको गति लिन सक्ने विश्वास व्यक्त गरेका छन् । राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै उनले एकताको सूत्रमा बाँधिएको मुलुक आर्थिक रूपमा थप सुदृढ र बलियो बन्न सक्नेमा जोड दिएका छन् ।
“राष्ट्रिय एकता दिवसले नेपालको बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृति तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गर्दै सामाजिक सद्भाव र समाजमा समरसता तथा भाइचारा अभिवृद्धि गराउनमा महत्त्वपूर्ण उत्प्रेरक बन्न सकोस्”, उपराष्ट्रपति यादवले भनेका छन् ।





























प्रतिक्रिया