काठमाडौँ । ३०३ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा श्रद्धाञ्जलि तथा माल्यार्पण गरेका छन् ।
राष्ट्रपति पौडेलले शनिबार बिहान नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भमा सिंहदरबार पश्चिम गेट पुगेर शाहको शालिकमा माल्यार्पण गरेका हुन् ।
सो अवसरमा नेपाली सेनाले राष्ट्रपति पौडेलको सम्मानमा सम्मान गारत समेत अर्पण गरेको थियो ।































प्रतिक्रिया