सुमार्गीलाई बैंकबाट निकालेको रकम फिर्ता गर्न सर्वोच्चको अर्को आदेश

सुमार्गीलाई बैंकबाट निकालेको रकम फिर्ता गर्न सर्वोच्चको अर्को आदेश

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

सर्वोच्च अदालतले अजयराज सुमार्गीलाई बैंकबाट झिकेको रकम फिर्ता गर्न आदेश दिएको छ । सुमार्गीको मुक्तिश्री सिमेन्ट उद्योगका नाममा बैंकमा जम्मा भएको रकम शंकास्पद देखिएको जनाउँदै सर्वोच्चले झिकेको रकम बैंकमा फिर्ता गर्न आदेश दिएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश आनन्दमोहन भट्टराईको संयुक्त इजलासले यसअघि भएको अल्पकालीन अन्तरिम आदेश खारेज गर्दै सम्पत्ति शुद्धीकरण ऐन अन्तर्गत अनुसन्धान गर्नुपर्ने देखिएकाले बैंकबाट झिकिएको विवादित रकम फिर्ता लिन नेपाल राष्ट्र बैंक र इन्भेस्टमेन्ट बैंकलाई आदेश दिएको हो ।

यसअघि न्यायाधीश दीपकराज जोशीको एकल इजलासले अल्पकालीन आदेश दिँदै रकम झिक्ने अनुमति दिएको थियो । जोशीले दिएको अनुमति कानुनविपरीत भएको र आदेशबाट सुमार्गीले रकम झिकेको गलत भएको भन्दै अदालतले जति रकम झिकिएको थियो त्यत्ति नै फिर्ता गर्न आदेश गरेको हो । सर्वोच्चको आदेशपछि सुमार्गीले इन्भेस्टमेन्ट बैंकबाट निकालेको रकम फिर्ता गर्नुपर्ने भएको छ ।

पुस १० मा न्यायाधीश जोशीले सुमार्गीको भुक्तानी दिन राष्ट्र बैंकका नाममा आदेश दिएका थिए। प्रधानन्यायाधीश राणा र न्यायाधीश भट्टराईले मंगलबार यसअघिको आदेश गलत भएको भन्दै अन्तरिम आदेश दिन नमिल्ने ठहर गरेका थिए। सोही आदेशको विवरण बिहीबार सार्वजनिक भएको हो । जोशीले दिएको अल्पकालीन अन्तरिम आदेशमा टेकेर सुमार्गीले इन्भेस्टमेन्ट बैंकमा रहेको साढे दुई अर्ब रकम झिकिसकेको राष्ट्र बैंक स्रोतले जानकारी दिएको थियो ।
नागरिकबाट

Skip This
Skip This
Logo