युवाको विदेशिने मानसिकतालाई समेटेर गीतकार धनवीर थापाले ल्याए ‘राहदानी’ [भिडियोसहित]

युवाको विदेशिने मानसिकतालाई समेटेर गीतकार धनवीर थापाले ल्याए ‘राहदानी’ [भिडियोसहित]

केन्द्रबिन्दु
27
Shares

काठमाडौँ । गीतकार धनवीर थापाले ‘राहदानी’ बोलको समयानुकूल मार्मिक गीत सार्वजनिक गरेका छन् । गीतमा एउटा युवाको विदेशिने मानसिकता र त्यसबाट स्वदेशमा रहेकी उसको साथीको मनोभावलाई केलाइएको छ ।

चर्चित गायिका मिलन नेवारको स्वर रहेको गीतमा राजकुमार बगरको सङ्गीत, रेकर्डिङ र मास्टरिङ्ग रहेको छ ‌। गीतलाई कमल सौरागले एरेन्ज गरेका छन् । सुव्रत आचार्यको कन्सेप्ट र निर्देशनमा बनेको म्युजिक भिडियोमा कलाकारहरू रोशनी कार्की र एलिश खनाल फिचर्ड छन् ‌। बालकलाकार‌ दियन गौतम र एञ्जल खनालका साथै अन्य कलाकारहरूको अभिनय रहेको म्युजिक भिडियोलाई उत्सव दाहालले खिचेका हुन् भने सम्पादन विकास दाहालको रहेको छ ।

सविना गुरुङको मेकअप, दिपेन्द्र गौतम माइकलको निर्माण व्यवस्थापनमा बनेको म्युजिक भिडियोमा जया शर्मा क्रियटिभ डाइरेक्टर छिन् । गीत तथा भिडियोको निर्माण भने चर्चित गीतकार वसन्त बित्यासी थापाले गरेका हुन् । भिडियो भकारी एमडिसीको युट्युब च्यानल बेष्ट टोन म्युजिक मार्फत सार्वजनिक भएको छ ।

Skip This
Skip This
Logo