काठमाडाैं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को १९औं वार्षिक साधारणसभा सुरु भएको छ ।
अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श दिन स्थापित संस्थाहरुको सबैभन्दा ठूलो छाता संगठन इक्यानको १९औं वार्षिक साधारणसभा काठमाडौंस्थित मेरियट होटलमा सुरु भएको हो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे उपस्थित छन् ।
इक्यानका अध्यक्ष शेषराज भट्टराईको अध्यक्षतामा सुरु भएको कार्यक्रममा इक्यानमा आबद्ध देशभरका सदस्य उपस्थित छन् ।































प्रतिक्रिया