बसिर र भीमको अर्धशतकमा आर्मीले मधेसलाई दियो २२५ रनको लक्ष्य

बसिर र भीमको अर्धशतकमा आर्मीले मधेसलाई दियो २२५ रनको लक्ष्य

केन्द्रबिन्दु
51
Shares

काठमाडौं । बसिर अहमद र भीम सार्कीको अर्धशतकीय इनिङ्सको मदतमा त्रिभुवन आर्मी क्लबले जय ट्रफी पुरुष एलिट कपमा मधेस प्रदेशलाई २२५ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ९ विकेटको क्षतिमा इनिङ्स समाप्तिको घोषणा गरेको हो ।

आर्मीका लागि बसिर अहमद र भीम सार्कीले अर्धशतकीय इनिङ्स खेले । अहमदले ९८ बलमा सर्वाधिक ६७ रन जोडे । उनले ७ चौका हिर्काए । भीम सार्कीले ५३ रनको योगदान दिए । उनले ९३ बलमा ६ चौका प्रहार गरे । त्यस्तै, ओपनर इमरान शेखले ४२ रन जोडे ।

बलिङतर्फ मधेसका लागि रञ्जित कुमारले ५ विकेट लिए ।

हाल मधेसले जवाफी ब्याटिङ सुरु गरेको छ ।

Skip This
Skip This
Logo