अध्यक्ष शेषराज भट्टराईकाे प्रश्नः इक्यानप्रति सरकारको दोधारो चरित्र कहिलेसम्म ?

अध्यक्ष शेषराज भट्टराईकाे प्रश्नः इक्यानप्रति सरकारको दोधारो चरित्र कहिलेसम्म ?

केन्द्रबिन्दु
21
Shares

काठमाडाैं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष शेषराज भट्टराईले शैक्षिक परामर्श संघप्रति सरकारको दोधारो चरित्रमा प्रश्न उठाएका छन् ।

इक्यानको १९औं वार्षिक साधारणसभाका क्रममा मन्तव्य राख्दै अध्यक्ष भट्टराईले सरकारको दोहोरो चरित्रबारे असन्तुष्टि व्यक्त गरेका हुन् ।

‘नेपालबाट अधिकांश विद्यार्थीहरु उच्च शिक्षाको लागि आजको दिनमा संसारको उत्कृष्ट विश्वविद्यालय र कलेजहरुमा भर्ना प्रकृयामा छन् । उनीहरुमा ग्लोबल सिटीजन बन्ने इच्छा उच्च छ । अनि तिनै विद्यार्थीको भिषा लागेको दिन त्यो परिवार मात्र होइन गाउँ नै हर्सोल्लाहित हुन्छन् ।’

उनी भन्छन्, ‘तर त्यही प्रकृयामा संसारकै उत्कृष्ट विश्वविद्यालय र कलेजहरुको भर्ना प्रकृयामा साथि र सहयोगी बन्ने शैक्षिक संस्था र हामी जस्ता ज्ञानका एजेन्टप्रति सरकारी निकायले हेर्ने दृष्टिकाेण अझै पनि परिवर्तन भैसकेको छैन । अझै पनि हामीले यो देशको सरोकारकाला निकाय, मिडिया, शीर्ष राजनीतिज्ञ र सरकारका विभिन्न संस्थाहरुलाई इक्यानबारे राम्रोसँगले बुझाउन सकेका छैनौं ।’

Logo