मधेशमाथि फराकिलो जित निकाल्दै आर्मी जय ट्रफीको फाइनलमा

मधेशमाथि फराकिलो जित निकाल्दै आर्मी जय ट्रफीको फाइनलमा

केन्द्रबिन्दु
87
Shares

काठमाडौं । त्रिभुवन आर्मी क्लबले जय ट्रफी पुरुष एलिट दुईदिवसीय क्रिकेटमा पहिलो जित दर्ता गरेको छ । आर्मीले मधेश प्रदेशविरुद्ध ८ विकेटको जित दर्ता गरेको हो । फलोअनमा परेको मधेश दोस्रो इनिङ्समा पनि सस्तैमा समेटिएपछि आर्मीले फराकिलो जित दर्ता गर्न सफल भएको हो ।

अब आर्मीले दुई बराबरी र एकमा जितसहित जय ट्रफीको फाइनल खेल्नेछ ।

नारायणी क्रिकेट मैदानमा आइतबार दोस्रो दिनको खेल चलिरहँदा मधेश ६४‍.१ ओभरमा १५० रनमा समेटिएर २७ रनको मात्र अग्रता बनाउन सफल भएको थियो । उक्त लक्ष्य आर्मीले मात्र २ विकेटको क्षतिमा पूरा गर्न सफल भयो ।

आर्मीका लागि ओपनर तृतराज जोशीले सर्वाधिक १३ रन जोड्दा अर्को ओपनर इमरान शेख ८ रनमा नटआउट रहे ।

त्यसअघि मधेशका लागि मयन यादवले सर्वाधिक ४९ रन बनाएर आउट भएका थिए भने कप्तान हरिशंकर साह १४२ बल खेल्दै क्रिजमा टिकेर २५ रन बनाए ।

आर्मीका बसिर अहमदले ४ विकेट लिँदा साहब आलमले ३ तथा आकाश चन्दले २ विकेट लिए ।

त्यसअघि पहिलो इनिङमा आर्मीको २२५ रनको अग्रता पछ्याउँदा १०२ रनमा समेटिएपछि मधेश फलोअनमा परेको थियो ।

अब फाइनल खेल्ने अर्काे टाेली भने नेपाल पुलिस क्लब र बागमती प्रदेशबीच भइरहेको प्रतिस्पर्धाले दिनेछ । पुलिस विजयी भए साेझै फाइनलमा पुग्नेछ भने बागमतीको जितले रनरेट पर्खनु पर्नेछ ।

Skip This
Skip This
Logo