काठमाडौँ । आज पुसको अन्तिम दिन । अर्थात पुस २९ गते । पुस मसान्तका दिन काठमाडौँमा चिसो बढेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस मापन गरिएको छ ।
महाशाखाका अनुसार बिहान ५ः४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस मापन भएको छ । तर दुई दिनयता काठमाडौँको तापक्रम उस्तै छ । किनभने आइतबार पनि काठमाडौँको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस नै मापन भएको थियो । यता आज काठमाडौँको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसकाबीच रहने पूर्वानुमान छ ।































प्रतिक्रिया