बाजुरा
जिल्लाको बूढीनन्दा नगरपालिका–९ अगाउँपानीमा मंगलबार राति आगोले जलेर छाउगोठमै आमासहित दुई बालकको मृत्यु भएको छ । चिसोका बेला छाउगोठमा ताप्नका लागि बालेको आगो निभाउन बिर्सिंदा भएको आगलागीबाट आमासहित दुई बालकको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले ३५ वर्षीया आमा अम्बा बोहरा, उनका छोरा १२ वर्षीय सुरेश बोहरा र नौ वर्षीय रमित बोहराको छाउगोठमा निसासिएर मृत्यु भएको जानकारी दिए ।
राति सुतिरहेका बेला आगोे सल्किँदा सिरकमा टाँसिएर मृत्यु भएको अवस्थामा आमा र दुई बालकलाई देखेपछि स्थानीयवासीले इलाका प्रहरी कार्यालय कोल्टी र जिल्ला प्रहरी कार्यालय बाजुरामा खबर गरेका थिए ।
खबर पाए लगत्तै प्रहरी घटनास्थल पुगेका थिए । मृतक बोहराका श्रीमान् नोकरीका सिलसिलामा विदेशमा छन् । पुस महिनाको कठ्यांग्रिँदो जाडो छल्नका लागि बोहोराले गोठमा आगो बालेकी र गोठमा भएको धुवाँ बाहिर जान नसकेपछि निसासिएर दुई छोरासहित आमाको पनि मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
राजधानीबाट





























प्रतिक्रिया