श्रृंखला खतिवडा नेपाल-फ्रान्स दौत्य सम्बन्ध वर्षगाँठको सद्भावना दूत

श्रृंखला खतिवडा नेपाल-फ्रान्स दौत्य सम्बन्ध वर्षगाँठको सद्भावना दूत

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाल–फ्रान्स विदेश नीतिका विषयमा बिस्तृत छलफल गरिएको छ । दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वार्षिकोत्सवको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित दुई मुलुकबीचको विदेश सचिव स्तरीय परामर्श बैठकमा विदेश नीतिको समिक्षा गरिएको हो ।

बैठकमा नेपालको तर्फबाट परराष्ट्रसचिव शंकर दास वैरागी र फ्रान्सको तर्फबाट विदेश सचिव मोरिस गर्दो मोन्तान सहभागी हुनु भएको थियो । बैठकमा दुई मुलुकबीचको सम्बन्धलाई अझै सुमधुर बनाउने विषयमा छलफल गरिएको परराष्ट्र सचिव वैरागीले जानकारी दिए ।

बैठकपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै उनले फ्रान्सले नेपालको पर्यटन र सांस्कृतिक क्षेत्रको विकासमा लगानी गर्न चाहेको पनि स्पष्ट पारे ।

फ्रान्सका विदेश सचिव मोन्तानले दुई मुलुकबीचको साझा हितको विविध विषयमा खुला छलफल गरिएको प्रतिक्रिया दिए । उनले नेपालको पर्यटन र साँस्कृतिक क्षेत्रको विकासमा लगानी गर्न आफ्नो मुलुक इच्छुक रहेको जानकारी दिए ।

बैठकमा नेपाली पक्षले नेपालको पर्यटन, उर्जा, व्यापार, सुचना तथा प्रविधि, जलवायु परिवर्तनको क्षेत्रमा लगानी गर्न फ्रान्ससँग आग्रह गरेको थियो । यसअघि परराष्ट्र सचिव वैरागीले गत कार्तिक २६ गते दुई मुलुकबीचको सम्बन्ध विस्तारका विषयमा पेरिसमा समकक्षी मोन्तानसँग छलफल गरेका थिए ।

दुई मुलुकबीच कुटनीतिक सम्बन्ध ७० वर्ष पूरा गरेको अवसर पारेर विदेश सचिव स्तरीय परामर्श बैठक काठमाडौंमा बोलाइएको हो । त्यस अवसरमा फ्रान्सका विदेश सचिव मोन्तानले नेपालले विश्व शान्ति स्थापनामा पुर्‍याएको योगदानको प्रशंशा समेत गरेका थिए ।

मिस नेपाल श्रृंखला खतिवडा सद्भावना दूत:
नेपाल र फ्रान्सको ७० औं दौत्य सम्बन्ध दिवस मनाउने क्रममा मिस नेपाल श्रृंखला खतिवडा सद्भावना दूत तोकिएकी छन् । दुवै देशका परराष्ट्र सचिवस्तरीय बैठकले श्रृंखलालाई सद्भावना दूत नियुक्त गरेको हो ।

परराष्ट्र सचिव बैरागी र फ्रान्सका विदेश सचिव मोन्तेनियोले संयुक्त रुपमा उनलाई सद्भावना दूत नियुक्तिपत्र हस्तान्तरण गरे । मिस नेपाललाई दुवै देशका सरकारी तहबाट सद्भावना दूत स्वीकार गरिएको सम्भवतः यो पहिलो पटक हो ।

Skip This
Skip This
Logo