चलचित्र ‘महाभोज’को मुहूर्त पूजा सम्पन्न

चलचित्र ‘महाभोज’को मुहूर्त पूजा सम्पन्न

केन्द्रबिन्दु
21
Shares

काठमाडौँ । नेपाली चलचित्र ‘महाभोज’को मुहूर्त पूजा गरिएको छ । मङ्गलवार बिहान काठमाडौँको कमलादीस्थित गणेश मन्दिरमा चलचित्रको टिम सहभागी रही विशेष पूजा गरिएको हो ।

पूजामा चलचित्रका कलाकारहरू आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्र सिंह कुशवाह लगायत चलचित्र प्राविधिक तथा निर्माण समूहको उपस्थिति रहेको थियो ।

पोखरा आसपासका क्षेत्रमा करिब ४५ दिन छायाङ्कन हुने यो चलचित्रको टिम बुधवार त्यसतर्फ जाने बताइएको छ ।

पछिल्लो चलचित्र ‘पुजार सार्की’ निर्देशन गरेका दिनेश राउतले आठौँ चलचित्रको रूपमा ‘महाभोज’ निर्देशन गर्न लागेका हुन् । क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको ब्यानरमा निर्माण हुने यो चलचित्रका निर्माता यसअघि ‘नाङ्गो गाउँ,’ ‘दुखी आत्मा’ जस्ता चलचित्रहरूको निर्माण गरेका हिमाल कडरिया हुन् । कार्यकारी निर्माताहरू किरण नेपाली र सुदिप ढकाल हुन् । सम्पादन निमेष श्रेष्ठको, ध्वनि डिजाइन उत्तम न्यौपानेको, मुख्य सहायक निर्देशन दिनेशबहादुर रावतको रहेको छ । चलचित्रलाई यसअघि ‘प्रकाश’ र ‘पुजार सार्की’ लेखेका विकास सुवेदीले लेखेका छन् भने छायाकार राजेश श्रेष्ठ हुन् ।

साजन बस्ताकोटीको कला निर्देशन, रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टको पब्लिसिटी डिजाइन, समरा जोशीको मेकअप तथा सरस्वती श्रेष्ठको केश स्टाइलिङ तथा आशिष पौडेलको कस्ट्युम डिजाइन रहेको छ । रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर हुन् भने मनोज जोशी निर्माण नियन्त्रक र सहायक निर्माण नियन्त्रक विदुर मानन्धर हुन् । काफिया फिल्म्स् र कुबेर सिने डिस्ट्रिब्युसनले नेपालमा चलचित्रको वितरण गर्नेछन् ।

Skip This
Skip This
Logo