स्काईवर्थ सपना साकारको विजेता घोषणा, विजयीले पाए एमजी कमेट ईभी

स्काईवर्थ सपना साकारको विजेता घोषणा, विजयीले पाए एमजी कमेट ईभी

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । केएल दुगड ग्रुपअन्तर्गतको स्मार्ट एप्लायन्सेस् प्रा. लि. ले ‘स्काईवर्थ सपना साकार’ क्याम्पेनको बम्पर उपहार विजेता घोषणा गरेको छ । बुधवार एक कार्यक्रमको आयोजना गर्दै एमजी कमेट ईभी कार विजेता काठमाडौंका रवि अर्याललाई उक्त कारको साँचो हस्तान्तरण गरिएको हो ।

अर्याललाई कारको साँचा हस्तान्तरण गर्दै उपहारमा लाग्ने २५ प्रतिशत कर कम्पनी आफैँले व्यहोर्ने जानकारी दिएको छ । स्मार्ट एप्लायन्सेस् प्रा.लि. को ’स्काईवर्थ सपना साकार’ उपहार योजना २०८१ असोज १ देखि कात्तिक ३० सम्म सञ्चालन गरिएको थियो । जसमा नेपालभरका ग्राहकहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए ।

बम्पर पुरस्कारका अगावै स्काईवर्थले साप्ताहिक लक्की ड्र मार्फत माइक्रोवेभ प्रदान गरिसकेको छ। यस्तै, ४० प्रतिशतसम्मको आकर्षक छुटसहित आफ्ना प्रिमियम होम एप्लायन्सहरू पनि ग्राहकहरूलाई उपलब्ध गराएको थियो।

कार्यक्रममा स्काईवर्थका डेपुटी जेनेरल म्यानेजर अमित बज्राचार्यले विजेतालाई बधाई दिँदै आगामी दिनमा पनि कम्पनीले यस्तो उपहारका योजना राख्दै जाने बताए। ‘स्काईवर्थ सधैं गुणस्तर र नवीनतालाई प्राथमिकतामा राख्दै अगाडि छ, ग्राहकको अनुभवलाई प्राथमिकता राखी आवश्यकताको मध्यनजर गर्दै सामानमा नयाँ अनुभव प्रदान गरिरहेका छौं,’ उनले भने ।

स्काईवर्थले उत्पादनमा नवीनता तथा गुणस्तरमा उत्कृष्टतालाई ध्यानमा राख्दै र ग्राहकको अनुभवलाई सधैं प्राथमिकता दिँदै आएकोले हरेक घर–परिवारमा आफ्नो विश्वास कायम राख्दै आएको कम्पनीको भनाई छ ।

Skip This
Skip This
Logo