एनआईसी एशिया बैंकको सञ्चालक समितिबाट वित्तीय विवरण स्वीकृत

एनआईसी एशिया बैंकको सञ्चालक समितिबाट वित्तीय विवरण स्वीकृत

केन्द्रबिन्दु
45
Shares

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडको सञ्चालक समितिको ६९४औँ बैठकले आर्थिक वर्ष २०८०–८१ को नाफानोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण स्वीकृत गरेको छ ।

बैंकले स्वीकृत गरेको विवरण अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय समेत गरेको छ ।

बैठकले आव २०८०–८१ मा कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ । साथै नेपाल राष्ट्र बैंकबाट वित्तीय विवरण स्वीकृत भएपश्चात् बैंकको २७औँ वार्षिक साधारण सभा गर्ने निर्णय समेत गरेको छ ।

Logo