राष्ट्रिय स्वार्थ र आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राख्न मिसन प्रमुखहरूलाई परराष्ट्रमन्त्रीको निर्देशन

राष्ट्रिय स्वार्थ र आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राख्न मिसन प्रमुखहरूलाई परराष्ट्रमन्त्रीको निर्देशन

केन्द्रबिन्दु
36
Shares

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले विभिन्न देशमा रहेका सबै नेपाली मिसन प्रमुखलाई नेपालको राष्ट्रिय स्वार्थ र आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएकी छिन् ।

मन्त्री डा राणाले विदेशमा रहेका सबै नेपाली मिसन प्रमुखहरूलाई बिहीबार मन्त्रालयबाट भर्चुअल सम्बोधन गर्दै उक्त निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

उनले भनिन्, “आर्थिक कूटनीति पनि नेपालको परराष्ट्र नीतिको एक अभिन्न अङ्गका रुपमा हामीले अघि बढाइरहेकाले नेपालको विकासको आकाङ्क्षा र आर्थिक वृद्धिका लागि सहयोग पुगाउने गरी कुनै पनि क्षेत्रको अन्वेषणमा लाग्नुहोस्, जसले नेपालमा आर्थिक लगानी आकर्षित गर्न सहयोग पुगोस् ।”

Skip This
Skip This
Logo