परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाको विषयमा कुनै निर्णय नभएको बताएका छन्। यस अघि राजदूत शेर्पालाई बर्खास्त गरिएको समाचार सार्वजनिक भएको थियो। "/>

‘लक्की शेर्पाको विषयमा कुनै निर्णय भएको छैन’- परराष्ट्रमन्त्री

‘लक्की शेर्पाको विषयमा कुनै निर्णय भएको छैन’- परराष्ट्रमन्त्री

केन्द्रबिन्दु
0
Shares

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाको विषयमा कुनै निर्णय नभएको बताएका छन्। यस अघि राजदूत शेर्पालाई बर्खास्त गरिएको समाचार सार्वजनिक भएको थियो।

मन्त्री ज्ञवालीले भने, ‘शेर्पाको विषयमा छानबिन भैरहेको छ, कुनै निर्णय भएको छैन।’ मानव बेचविखन आरोप लागेकी राजदूत शेर्पालाई छानबिनका लागि सरकारले फिर्ता बोलाएको थियो ।

राजदूत शेर्पालाई उनकै सवारी चालक वाङ्छु शेर्पाले मानव बेचविखनमा संलग्न रहेको आरोप लगाएका थिए। उनले आफुलाई समेत मोटो रकम लिएर अष्ट्रेलिया लागेको बताएका थिए । उक्त आरोप लागेपछि परराष्ट्रले उनीमाथि स्पष्टीकरण सोधेको थियो । चालकलाई कामबाट निकाला गरेपछि विवादमा पार्ने प्रयास गरिएको उनले दाबी गर्दै आएकी छिन् ।

राजदूत शेर्पा तत्कालीन नेकपा (माओवादी केन्द्र)को कोटाबाट राजदूत नियुक्ति भएकी थिइन् ।

Logo