काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेडको १२औं वार्षिक साधारण सभा शुक्रवार सम्पन्न भएको छ।
संस्थाको सञ्चालक समितिका अध्यक्ष कल्याण बिक्रम पाण्डेको सभापतित्वमा सम्पन्न उक्त साधारण सभाले ७.५ प्रतिशत बोनस सेयर पारित गरिएको छ।
साधारणसभाले संस्थाको आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन पारित गर्नुको साथै लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वार्षिक वित्तीय विवरणहरू उपर छलफल गरी स्वीकृत गर्ने प्रस्ताव पारित गरेको छ।

नुवाकोटको बट्टारमा सम्पन्न साधारणसभाबाट सर्वसाधारण समुहका तर्फबाट आगामी ४ वर्षको लागि सञ्चालक समितिको सञ्चालक पदमा बद्री प्रसाद पुडासैनी र ज्ञानु कृष्ण अधिकारी निर्विरोध निर्वाचित भएका छन्।





























प्रतिक्रिया