सुक्खा पहिरोले अवरुद्ध उत्तर–दक्षिण कोशी राजमार्ग पुनःसञ्चालन

सुक्खा पहिरोले अवरुद्ध उत्तर–दक्षिण कोशी राजमार्ग पुनःसञ्चालन

केन्द्रबिन्दु
21
Shares

सङ्खुवासभा । सुक्खा पहिरोले अवरुद्ध उत्तर–दक्षिण कोशी सडकअन्तर्गत सङ्खुवासभाको भोटखोला गाउँपालिका–३ सेम्बुङमा खाँदबारी–किमाथाङ्का सडकखण्ड एक दिनपछि पुनःसञ्चालनमा आएको छ । भोटखोला–३ सेम्बुङ डाँडास्थित खाँदबारी–किमाथाङ्का सडक एक दिनपछि खुलेको उत्तर–दक्षिण सडक कार्यालयका सूचना अधिकारी नरेश जिरेलले बताए ।

शुक्रबार दिउँसो खसेको सुक्खा पहिरोले २० मिटरभन्दा बढी कच्ची सडक अवरुद्ध पारेको थियो । सडकमाथिबाट ठुल्ठुला ढुङ्गासहितको सुक्खा पहिरो खसेर अवरुद्ध सडकखण्ड आज बिहानदेखि पुनः सञ्चालनमा आएको उत्तर–दक्षिण सडक कार्यालयका सूचना अधिकारी जिरेलले बताए ।

सडक अवरुद्ध भएपछि भोटखोला गाउँपालिका आवतजावत गर्ने सवारीसाधन रोकिएका थिए । त्यस क्षेत्रमा लगातार सुक्खा पहिरो खसिरहने भएका कारण बेलाबेला कोशी राजमार्गको भोटखोला सडकखण्ड अवरुद्ध हुने गरेको छ ।

Skip This
Skip This
Logo