काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री मन्त्री रविन्द्र अधिकारीले वाइडवडी विमान खरिद प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको भन्दै पुर्वाग्रही ढंगले आफ्नो नाम जोडिएकोमा दुख व्यक्त गरेका छन् ।
आईतबार सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन गरि उनले विमान खरिद प्रक्रियामा आफ्नो संलग्नता नरहेको दाबी गरेको हो । संसदीय समिति अन्र्तगतको उपसमितिले विमान खरिद प्रकरणमा अधिकारी सहित ३ मन्त्री र दुई वहालवाला सचिव र पुर्व सचिवको पनि संलग्नता रहेको प्रतिवेदन सार्वजनिक भएपछि मन्त्रीले पत्रकार सम्मेलन गरि आफु निर्दोष भएको दाबी गरे ।
उपसमितिले आफ्नो प्रतिवेदनमा विमान खरिदमा महालेखा परीक्षकको प्रतिवेदनमा बैधानिक नदेखिएको भन्दै प्रश्न उठेपछि पनि सो बारे यथार्थ नबुझि अन्तिम किस्ता भुक्तानीका लागि स्वीकृति दिएको तथा संसदीय समितिमा झुटा विवरण प्रस्तुत गरेकाले मन्त्री अधिकारीको विमान खरिदमा भएको अनियमिततामा संलग्नता देखिएको ठहर गरिएको छ ।
विमान खरिद विक्रि सम्झौतामा नै भुक्तानी तालिका स्वीकृत भएकाले आफुले भुक्तानी रोक्न सक्ने कुनै कानुनी आधार नभएको जिकिर गरे ।































प्रतिक्रिया