अरबौँको भ्रष्टाचारमा सरकार किन मौन ? (भिडियोमा)

अरबौँको भ्रष्टाचारमा सरकार किन मौन ? (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

नयाँ शक्ति पार्टी, नेपालले सरकारले मुलुकमा अरबौंको भ्रष्टाचार हुँदा पनि नियन्त्रण गर्न नसकेको गम्भिर आरोप लगाएको छ ।

नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् प्रतिनिधिसभाका सांसद डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले दावी गरेजस्तो मुलुकमा सुशासन कायम हुन नसकेको प्रतिक्रिया पनि दिए ।

आइतबार नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा संचारकर्मीमाझ उनले वाइडबडि विमान खरिद प्रकरण, एनसेल, बुढिगण्डकी जलविद्युत आयोजनामा अरबौं अरब भ्रष्टाचार हुनु दूर्भाग्यपूर्ण भएको टिप्पणी गर्दै त्यसबारे आफ्नो पार्टीले संघीय संसदमा गम्भिर ढंगले कुरा उठाउने जानकारी पनि दिए ।

पूर्व प्रधानमन्त्री समेत रहनु भएका भट्टराईले मुलुकमा शान्ति सुरक्षा कायम गर्न पनि नसकेको भन्दै सरकारको आलोचना गरे ।

Skip This
Skip This
Logo