भीम रावलको पक्षमा लागेको भन्दै सुदूरपश्चिमका पूर्वमन्त्री एमालेबाट निष्काशित

भीम रावलको पक्षमा लागेको भन्दै सुदूरपश्चिमका पूर्वमन्त्री एमालेबाट निष्काशित

केन्द्रबिन्दु
219
Shares

काठमाडौँ । भीम रावलका पक्षमा सक्रिय देखिएको भन्दै नेकपा एमाले कैलालीले सुदूरपश्चिमका पूर्वमन्त्रीसहित दुई जनालाई कारबाही गरेको छ ।

एमालेले सुदूरपश्चिम प्रदेशका पूर्वसामाजिक विकास मन्त्री कृष्णराज सुवेदी र उनका छोरा जिल्ला सदस्य भीष्मराज सुवेदीलाई कारबाही गरेको हो ।

शनिबार बसेको पार्टीको जिल्ला सचिवालय बैठकले पूर्वमन्त्री कृष्णराज र जिल्ला सदस्य भिष्मराजलाई पार्टीको संगठित सदस्य समेत नहरने गरी निष्काशन गरेको हो । उनीहरू दुवै जना भीम रावलको मातृभूमि जागरण अभियानमा सक्रिय भएका छन् । रावल हाल मातृभूमि जागरण अभियान सञ्चालन गर्दै जिल्ला दौडाहमा लागेका छन् ।

Skip This
Skip This
Logo