कोशीका पूर्वमुख्यमन्त्री थापालाई आक्रमण गर्नेलाई कारबाही गर्न कांग्रेसको माग

कोशीका पूर्वमुख्यमन्त्री थापालाई आक्रमण गर्नेलाई कारबाही गर्न कांग्रेसको माग

केन्द्रबिन्दु
60
Shares

काठमाडौँ । नेपाली कांग्रेसले कोशी प्रदेश सभापति एवं संसदीय दलका नेता, पूर्वमुख्यमन्त्री उद्धव थापामाथि भएको आक्रमणको भर्त्सना गरेको छ ।

आइतबार विज्ञप्ति सार्वजनिक गर्दै कांग्रेसले केही व्यक्तिले हिजो राति झापामा गरेको थापामाथि गरेको आक्रमणको घोर निन्दा र भर्त्सना गर्दै संलग्न व्यक्तिहरूलाई कडा कानूनी कारबाहीका लागि सरकारसँग माग गरेको हो ।

विज्ञप्तिमा लेखिएको छ,‘नेपाली कांग्रेस कोशी प्रदेश सभापति एवं संसदीय दलका नेता, पूर्वमुख्यमन्त्री उद्धव थापामाथि केही व्यक्तिले हिजो झापामा गरेको आक्रमणको नेपाली कांग्रेस घोर निन्दा र भर्त्सना गर्दछ । नेपाल प्रेस युनियन झापाको कार्यक्रमबाट फर्कँदै गर्दा कन्काई नगरपालिकाको सुरुङ्गा नजिक उहाँमाथि आक्रमण भएको थियो । उहाँको निधारमा चोट लागेको छ । उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै नेपाली कांग्रेस घटनाको यथार्थ छानबिन गरेर अराजक र आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई कडा कानूनी कारबाहीका लागि सरकारसँग माग गर्दछ ।’

Skip This
Skip This
Logo