काठमाडौं । नेपाल सिमेन्ट उत्पादक संघका प्रतिनिधिहरु र नेपाल निर्माण व्यवसायी महासंघबीचमा सहमति भएको छ ।
आइतबारका दिन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलको उपस्थितिमा सहमति भएको हो ।
४ वटा निर्माण व्यवसायसँग सम्बन्धित व्यावसायीका प्रतिनिधिहरुका बीचमा सिमेन्ट उद्योगहरुले उत्पादन गरी माग बमोजिम सिमेन्ट सहजै आपूर्ति हुने गरी उत्पादनमा ध्यान दिने सहमित पत्रमा उल्लेख छ । त्यस्तै, उद्योगहरुमा भई रहेको विद्युत आपूर्तिको कटौती र लोडसेडिङलाई अन्त्य गरी निर्वाध रुपमा उद्योग संचालन गर्ने वातावरण मिलाउने सहमति भएको जारी विज्ञप्तिमा उल्लेख छ ।
साथै उद्योग मन्त्रालयको तर्फबाट आवश्यक पहल गर्ने तथा सिमेन्ट उद्योगीहरु र निर्माण व्यवसायीहरुले एक अर्काका समस्याहरुलाई मनन गरी आ–आफ्नो स्थानबाट समन्वय गर्ने सहमित पत्रमा भनिएको छ । औद्योगिक उत्पादन र विकास निर्माणका कार्यमा सँगसँगै अगाडी बढ्ने भन्ने लगायतका विषयमा छलफलबाट सहमति कायम भएको भएको छ ।































प्रतिक्रिया