मधेस प्रदेशसभामा बजेट वक्तव्य संशोधन गर्न सङ्कल्प प्रस्ताव पारित

मधेस प्रदेशसभामा बजेट वक्तव्य संशोधन गर्न सङ्कल्प प्रस्ताव पारित

केन्द्रबिन्दु
36
Shares

धनुषा । मधेस प्रदेशसभाको आइतबार बसेको बैठकले बजेट वक्तव्य संशोधन गर्न सङ्कल्प प्रस्ताव बहुमतबाट पारित गरेको छ ।

प्रदेशसभाको चौथो अधिवेशनको सातौँ बैठकले प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८१–८२ को बजेट वक्तव्य संशोधन गर्न सङ्कल्प प्रस्ताव पारित गरेको हो ।

गत पुस २९ गते सङ्कल्प प्रस्ताव दर्ता भएको थियो । सभामुख रामचन्द्र मण्डलबाट सैद्धान्तिक सहमतिपछि प्रदेशसभामा सङ्कल्प प्रस्ताव पेस गरिएको थियो । सभामुख मण्डलले सभामा उपस्थित ५९ सदस्यमध्ये ४३ जनाले प्रस्तावको पक्षमा र १६ जनाले विपक्षमा मतदान गरेकाले प्रस्ताव बहुमतले पारित भएको घोषणा गरे । सत्ता गठबन्धन दल लोसपाका प्रदेश सांसद रूपाकुमारी यादवले सङ्कल्प प्रस्ताव पेस गरेकी थिइन् ।

प्रस्तावकको समर्थकमा नेकपा (एमाले) का तर्फबाट पल्टीदेवी महरा, कांग्रेसबाट अञ्जना पण्डित, जनमत पार्टीबाट हसिना खातुन, नेकपा (एकीकृत समाजवादी) बाट रत्नेश्वर गोइत र राप्रपाबाट कञ्चन विच्छा रहेका थिए । समर्थकमध्ये एकीकृत समाजावदी र राप्रपा प्रतिपक्षमा छन् ।

बजेट वक्तव्यको एक सय ४७ नम्बर बुँदा उपभोक्ता समितिबाट काम गराउन बाधक रहेको भन्दै सो बाधा फुकाउन सङ्कल्प प्रस्ताव पेस गरिएको थियो । सो बुँदामा खुला प्रतिस्पर्धाबाट काम गराउने उल्लेख गरिएको छ । प्रस्तावमा रु ५० लाखसम्मका योजना उपभोक्ता समितिबाट र त्यसभन्दा माथिका योजना खुला प्रतिस्पर्धाबाट गर्ने उल्लेख गरिएको छ ।

Skip This
Skip This
Logo