काठमाडौँ । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्म ३ अर्ब ५ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४९.५१ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ४ करोड २३ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।
यो अवधिमा बैंकको खुद फि तथा कमिशन आम्दानी १७.३४ प्रतिशत बढेको छ भने खुद ब्याज आम्दानी ८.०९ प्रतिशतले घटेको छ । बैंकको सञ्चालन नाफा ४७.८८ प्रतिशतले बढेको छ । यस अवधिमा बैंकको प्रतिसेयर आम्दानी बढेर ४ रुपैयाँ ७१ पैसाबाट १६ रुपैयाँ २ पैसा पुगेको छ ।
सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ६४ करोड ५३ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १२ रुपैयाँ ४९ पैसा रहेको छ ।





























प्रतिक्रिया