सोमबार बिहान चन्द्रागिरी र मकवानपुरको सिमभन्ज्याङ्मा हिमपात भएको छ। यो संगै फुलचोकी, शिवपुरी, भक्तपुरको नगरकोट, दोलखाको कालिन्चोक लगायतका ठाउहरुमा पनि हिमपात भएको छ।
हिमपातसँगै स्थानीय ब्यबसायी उत्साहित भएका छन् । अन्य उच्च पहाडी तथा हिमाली भेगमा पनि हिमपात भएको छ । मुलुकभरको मौसम बदली हुँदा कतिपय स्थानमा हलुका वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागले हुम्ला जुम्ला लगायतका स्थानमा पनि हिमपात भएको जनाएको छ। त्यस्तै आज राती देशको पश्चिमी भुभागमा आंशिक बदली तथा मध्य र पुर्वी भुभागमा सामान्य बदली रही मध्य र पुर्वी भागमा हल्का पानी पर्ने पुर्वानुमान माहाशाखाको छ ।
मौसमविद शान्ति कँडेलले आज दिनभर देशैभरको मौसम बदली हुने जानकारी दिईन्।
भोलिदेखि भने मौसममा सुधार आउने विभागले जनाएको छ ।































प्रतिक्रिया