डा. केसीको माग बमोजिम विधेयक नआउने

डा. केसीको माग बमोजिम विधेयक नआउने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

संसद्को शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिले बहुमतका आधारमा आइतबार चिकित्सा शिक्षा विधेयक पारित गरेको छ । उपत्यकाबाहिर आयोगले चाहेमा अहिलेकै विश्वविद्यालयबाटै सम्बन्धन दिन सक्ने बाटो खोल्दै उपसमितिबाट विधेयक पारित भएको हो ।

उपसमितिको बैठकमा सांसद गगन थापाले डा. गोविन्द केसीसँगको सहमति र सत्तापक्षीय नेकपा सचेतक देव गुरुङले विधेयकमा हालेको संशोधनकै आधारमा प्रतिवेदन दिन आग्रह गरे पनि सत्तापक्ष मत विभाजनमा गएको थियो । समिति सदस्य थापाले सो प्रक्रियाप्रति आपत्ति जनाएपछि फरक मतलाई समेत प्रतिवेदनमा फरक मतकै रूपमा पूर्ण समितिमा पठाइने भएको छ । सीटीईभीटीको सन्दर्भमा स्तरोन्नति वा फेजआउटको विकल्प दिइएको छ ।
राजधानीबाट

Skip This
Skip This
Logo