सुनको मूल्य तोलामा एक सय रुपैयाँले घट्यो, चाँदी स्थिर

सुनको मूल्य तोलामा एक सय रुपैयाँले घट्यो, चाँदी स्थिर

केन्द्रबिन्दु
45
Shares

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य एक सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार एक सय रुपैयाँले घटेर छापावाल सुनको मूल्य प्रतितोला एक लाख ५७ हजार रुपैयाँ कायम भएको छ ।

अघिल्लो कारोबारको दिन आइतबार छापावाल सुन प्रतितोला एक लाख ५७ हजार १०० रुपैयाँमामा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य भने आज स्थिर रहेको छ । आइतबार प्रतितोला एक हजार ८६० रुपैयाँमा खरिद–बिक्री भएको चाँदी आज पनि सोही मूल्यमा कारोवार भइरहेको छ ।

Skip This
Skip This
Logo