स्कटल्यान्डविरुद्ध नेपालको मध्यम ब्याटिङ, क्रिजमा जम्दै कप्तान पूजा

स्कटल्यान्डविरुद्ध नेपालको मध्यम ब्याटिङ, क्रिजमा जम्दै कप्तान पूजा

केन्द्रबिन्दु
114
Shares

काठमाडौं । मलेसियामा जारी आइसिसी यु–१९ महिला टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले अहिले दोस्रो खेल खेल्दै छ । नेपालले स्कटल्यान्डविरुद्धको खेलमा ब्याटिङ गरिरहेको छ ।

मलेसियाको युकेएम ओभल क्रिकेट मैदानमा नेपाली टोलीकी कप्तान पूजा महतोले टस जितेर पहिला ब्याटिङ रोजेकी हुन् । हाल १३ ओभरको खेल सकिँदा ५ विकेटको क्षतिमा ५९ रन जोडेको छ । सुरुवात राम्रो हुन नसकेपनि कप्तान पूजाले इनिङ समहालिरहेकी छन् । उनी ३९ बलमा २६ रन बनाएर खेलिरहेकी छन् ।

नेपाल र स्कटल्यान्डले हालसम्म एक एक खेल खेलेका छन् । दुवै टोली आज पहिलो जितको खोजीमा छन् ।

यसअघि भएको पहिलो खेलमा नेपाल बङ्गलादेशसँग पाँच विकेटले पराजित भएको थियो । यस्तै स्कटल्यान्ड पहिलो खेलमा अस्ट्रेलियासँग नौ विकेटले पराजित भएको थियो ।

Skip This
Skip This
Logo