स्कटल्यान्डविरुद्ध पनि चलेन नेपालको ब्याटिङ, ७३ रनमै अलआउट

स्कटल्यान्डविरुद्ध पनि चलेन नेपालको ब्याटिङ, ७३ रनमै अलआउट

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । मलेसियामा जारी आइसिसी यु–१९ महिला टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल आफ्नो दोस्रो खेलमा स्कटल्यान्डविरुद्ध अलआउट भएको छ ।

मलेसियाको युकेएम ओभल क्रिकेट मैदानमा नेपाली टोलीकी कप्तान पूजा महतोले टस जितेर पहिला ब्याटिङ रोजेपनि ब्याटिङ भने गतिलो गर्न सकेन । १८.५ ओभरमा अलआउट हुँदै नेपालले ७३ रन मात्रै जोड्न सफल भयो ।

सुरुवात राम्रो हुन नसकेपनि कप्तान पूजाले इनिङ सम्हालिरहिन् तर, एकतर्फी विकेट झरिरह्यो । उनी पनि २७ रनमा आउट भएपछि अरु त झन् टिक्नै सकेनन् । ४३ बल खेलेकी उनले ३ चौका प्रहार गरिन् । ओपनर साना प्रविन आज एक रनमै समेटिँदा अर्की ओपनर सावित्रा धामीले १० रन जोडिन् ।

अन्य खेलाडीले दोहोरो रन छुन सकेनन् ।

नेपाल र स्कटल्यान्डले हालसम्म एक एक खेल खेलेका छन् । दुवै टोली आज पहिलो जितको खोजीमा छन् । यसअघि भएको पहिलो खेलमा नेपाल बङ्गलादेशसँग पाँच विकेटले पराजित भएको थियो । यस्तै स्कटल्यान्ड पहिलो खेलमा अस्ट्रेलियासँग नौ विकेटले पराजित भएको थियो ।

Skip This
Skip This
Logo