कर्मचारी आन्दोलनले वीरगन्ज महानगर ठप्प

कर्मचारी आन्दोलनले वीरगन्ज महानगर ठप्प

केन्द्रबिन्दु
0
Shares

वीरगन्ज

वीरगन्ज महानगरपालिका आन्दोलनका कारण ठप्प भएको छ । जसका कारण सेवाग्राहीहरु मारमा परेका छन् ।

विहीबारदेखि वीरगन्ज महानगरपालिकामा काम लिएर जाने सेवाग्राही निराश हुँदै फर्किएका छन् । स्थानीय तहका कर्मचारीहरुको आन्दोलनका कारण बिहिबारदेखि नै महानगरपालिकाको दमकलबाहेकका कामकाज ठप्प छ । फोहोरसमेत नउठाएकाले मुख्य सडकमा फोहोर थुप्रिएको छ ।

कर्मचारी समायोजनमा कर्मचारी संगठन तालिका र वृत्ति विकासका सम्बन्धमा असन्तुष्टी जनाउँदै नेपाल नगरपालिका कर्मचारी एशोसिएशन र स्थानीय तह कर्मचारी संघ ईकाई समिति वीरगन्ज महानगरपालिकाको आव्हानमा कर्मचारीहरु आन्दोलित भएका हुन् ।

कर्मचारीहरुले समायोजन गर्दा महानगरपालिकामा नै कार्यरत स्थानीय तहका कर्मचारीलाई राख्नुपर्ने लगायत विभिन्न ७ वटा माग राखेका छन् । आवश्यक दरबन्दीमा निजामती कर्मचारी राखेको भन्दै उनीहरुले आन्दोलन गरेका हुन् । नेपाल नगरपालिका कर्मचारी एशोसिएशन वीरगञ्ज महानगरपालिका ईकाई समितिका अध्यक्ष सोहन थापा महानगरपालिकालाई आर्थिक रुपमा ध्वस्त पार्ने किसिमले कर्मचारी समायोजन गर्न लागिएकोले आन्दोलनमा उत्रनु परेको बताउँछन् । ‘महानगरपालिकामा आवश्यक कर्मचारीहरु पहिचान गरी यकीन दरबन्दी कायम गरौं, त्यसैलाई नगर सभाबाट स्वीकृत गरेर अगाडि बढौं, त्यसमा हाम्रो स्तरवृद्धि लगायत वृत्ति विकास सुनिश्चित हुनुपर्छ भन्ने हाम्रो माग हो’ उनले भने ।

कर्मचारीहरुले आइतबार दिउँसोसम्म वार्ता समिति गठन गरेका छैनन् । आधिकारिक पत्र नदिई प्रमुख प्रशासकीय अधिकृतले विज्ञप्ति जारी गरि वार्ता आह्वान गरेको भन्दै उनीहरुले पनि विज्ञप्तिमार्फत नै जवाफ दिएका छन् ।
नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo