प्रधानमन्त्रीको यही १ घण्टे भाषणमा कांग्रेसले गर्‍यो बबाल ( भिडियो सहित )

प्रधानमन्त्रीको यही १ घण्टे भाषणमा कांग्रेसले गर्‍यो बबाल ( भिडियो सहित )

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र विकासका लागि हातेमालो गरेर अघि बढ्न प्रमुख प्रतिपक्षी दल नेपाल काङ्ग्रेस लगायत सबैलाई आह्वान गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै त्यसको प्रभावकारी कार्यान्वयन गर्नु सबै जिम्मेवारी भएकामा जोड दिँदै आर्थिक प्रगतिको दिशामा अघि बढ्न सुशासन र विकासको महाभियानमा सहकार्य गर्न आग्रह गर्नुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले वाइड बडी विमान खरीद लगातका विषयमा संसदलाई जवाफ नदिएको भन्दै काँग्रेसका सांसद गगनकुमार थापाले विरोध जनाउनु भएको छ ।

प्रधानमन्त्री ओलीले आजको बैठकमा सार्वजनिक महत्वका विषयमा बोल्दा विमान खरीदको विषय, सिक्टा सिँचाइ आयोजना सञ्चालनमा भएको ढिलासुस्ती र बुढीगण्डकी परियोजनाका बारेमा सदनमा नबोलेको भन्दै उहाँले विरोध गर्नुभएको हो । प्रधानमन्त्रीको सम्बोधन हेरौं भिडियोमा :

Skip This
Skip This
Logo