काठमाडौं । देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र केन्द्रबिन्दुको युट्युब च्यानल मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ ।
यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ । हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।
बंगलादेश प्रिमियर लिगमा पनि चम्किए सन्दीप, लिए २ विकेट
नेपाली स्पिनर सन्दीप लामिछानेले बंगलादेश प्रिमियर लिग बीपीएल डेब्युमा उत्कृष्ट प्रदर्शन गरेका छन् । आइतवार भएको आफ्नो पहिलो खेमा सन्दीपले २ विकेट लिए । सन्दीपले डेब्यु खेलमा ४ ओभर बलिङ गर्दै १६ रन खर्चेर २ विकेट लिएका हुन् । सुरुको २ ओभरमा ८ रन खर्चेर विकेट लिन नसकेका सन्दीपले पछिल्लो २ ओभरमा एक-एक विकेट लिएका थिए ।
रबि पूर्वपत्नी भन्छिन्, ‘श्रीमान १० केटी खेलाउँदा कुन चाँही महिला डिप्रेशनमा पर्दिनन् ?
चर्चित सञ्चारकर्मी रबि लामिछानेकी पूर्व पत्नी इशा श्रेष्ठले आफ्नो प्रतिक्रिया दिएकी छन् । रबिसँग डिभोर्स गरेर अमेरिका गएकी इशाले आफ्नो मात्र नभई दुवैको गल्तीले सम्बन्धमा दरार आएको बताएकी छन् । रबिले आफुमाथि लगाएको सबै आरोपको कारण नै उ भएको दाबी गर्दै उनले भनिन्, ‘रबि जी कै कारण म समस्यामा परेकी हुँ ।’
संसदमा प्रधानमन्त्रीको एक घण्टा लामो भाषण (सम्बोधनको पूर्णपाठसहित)
प्रधानमन्त्री केपी शर्मा ओलीले धमिलो पानीमा माछा मार्ने काम नगर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई चेतावनी दिएका छन् । आईतबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पानीलाई धमिलो पार्ने र धमिलो पानीमा माछा मार्ने रहर नगर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई चेतावनी दिएका हुन् ।
दीपक मनाङेको शपथ ग्रहण रोकियो, गर्न नमिल्ने सभामुखको निश्कर्ष
मनाङबाट प्रदेश सभामा निर्वाचित दीपक मनाङेको शपथ रोकिएको छ । ज्यान मार्ने उद्योगमा मुद्दा चलिरहेका मनाङेको सपथ रोकिएको गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले जानकारी दिए। आइतबार बिहान बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख दलका नेताहरुले मनाङेलाई शपथ गराउनु गैर कानुनी भएको जिकिर गरेपछि अधिकारीले सपथ रोक्ने निर्णय गरेका हुन्। त्यसअघि सभामुखले प्रदेशका मुख्य न्यायाधीवक्ता राजेन्द्र घिमिरेसँग परामर्श लिएका थिए।
महाप्रबन्धक कंसाकारलाई कालोमोसो दल्ने वैद्य माओवादीका नेता पक्राउ
नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई कालोमोसो दलेको आरोपमा मोहन वैद्य नेतृत्वको माओवादीका एक नेता पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाले चन्द्रागिरी नगरपालिका–४ बस्ने ३७ वर्षीय सुरेश तामाङलाई पक्राउ गरेको हो । उनी थानकोट पानीधाराबाट पक्राउ परेका हुन् ।
प्रधानमन्त्रीलाई प्रश्न गर्न नदिएको भन्दैं संसदमा कांग्रेस सांसदको हंगामा
प्रधानमन्त्रीलाई प्रश्न सोध्न नदिएको भन्दै नेपाली कांग्रेसका सांसदहरुले प्रतिनिधिसभा बैठक अबरुद्ध गरेका छन् । संसदमा सार्वजनिक वक्तव्य दिएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्नोक्तर गर्न नदिएको भन्दै कांग्रेस सांसदहरुले बैठक अवरुद्ध गरेका हुन् ।
रक्सी खाने पैसा बीमा गर्न धुर्मुस–सुन्तलीको सल्लाह
सामाजिक अभियन्त्ता तथा हास्य कलाकारद्वय सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) डोटीको पुरानो क्षेत्रीय सदरमुकाम दिपायलमा आउने भनेपछि दिपायल पिपल्ला र कार्यक्रम स्थल उद्योग वाणिज्य सङ्घको चौरमा मानिसको बाक्लो भीडभाड थियो ।
अब महालेखा परीक्षकले जुनसुकै बेला पनि प्रतिवेदन राष्ट्रपतिलाई बुझाउनुपर्ने
संघीय संसदको अर्थ समितिले ‘लेखा परीक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ परिमार्जनसहित पारित गरेको छ । समितिको आईतबार सिंहदरबारमा बसेको समितिको ‘लेखा परीक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ परिमार्जनसहित पारित गरेको हो ।
नेपालको ‘रन वे’ विरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्धा, किनिएको भनिएका वाइडबडी भाडाका
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रनवे’ बारे अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हालिने भएको छ । ६२ वर्ष पुरानो ‘रनवे’ लाई अहिले पनि चालु अवस्थामा राखिएको भन्दै ईनिसिएटिभका अध्यक्ष पब्लिक सेक्टर ईनोभेटर ईन्जिनियर दिपेन्द्र कँडेलले अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल्ने चेतावनी दिएका हुन् ।
अब साउदीका महिलाले सम्बन्ध विच्छेदबारे मोवाईलबाट जानकारी पाउने
साउदी अरेबियाका महिलाहरुले अब आफ्नो सम्बन्ध विच्छेदबारे मोवाईलबाट थाहा पाउने भएका छन् । अहिलेसम्म साउदी अरेबियाका महिलाहरुले आफ्नो सम्बन्ध विच्छेद भएको कुनै पनि जानकारी पाउने गरेका थिएनन् ।
कालिकोटको खाडामा आगलागी गराउने रक्सी पार्टीमा सहभागी वडासचिव पक्राउ
कालिकोटको खाडामा भएको आलगाली प्रकरणमा वडा सचिव पक्राउ परेका छन् । आगलागी गराउने क्रममा रक्सी पार्टीमा सहभागी भएको आशंकामा वडा सचिव बिष्णुकान्त प्याकुरेललाई प्रहरीले पक्राउ गरेको हो ।
अमेरिकामा एक महिनामै तीन लाख १२ हजार नयाँ रोजगारी सृजना
संयुक्तराज्य अमेरिकाको श्रम बजारमा गत डिसेम्बर महिनामा तीन लाख १२ हजार नयाँ रोजगारी सृजना भएको छ । केही महिनादेखि वालस्ट्रिटमा अशान्त वातावरण देखिए पनि अमेरिकी रोजगारदाताले ठूलो संख्यामा मानिसलाई रोजगारी दिएका छन् ।































प्रतिक्रिया