मन्त्री सिंह चढेको गाडी दुर्घटना

मन्त्री सिंह चढेको गाडी दुर्घटना

केन्द्रबिन्दु
285
Shares

काठमाडौँ । मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधनप्रसाद सिंह दुर्घटनामा परी घाइते भएका छन् । उनको छाती र पिठ्युँमा चोट लागेको छ ।

हिजो राति करिब साढे नौ बजे जनकपुरको रामानन्द चोकमा उनी चढेको गाडी दुर्घटनामा परेको हो । मन्त्री चढेको मधेश प्रदेश ०२–००१ झ ०१६५ नम्बरको गाडी पर्सास्थित खानेपानी डिभिजन कार्यालयको मधेश प्रदेश ०३–००१ झ ००९६ नम्बरको अर्को सरकारी गाडीमा ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका मन्त्री सिंहको जनकपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Skip This
Skip This
Logo