काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सामाजिक सञ्जाल एक्समार्फत् बधाई दिएका छन् । प्रधानमन्त्री ओलीले ट्रम्पलाई बधाई दिँदै नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउने आशा व्यक्त गरेका छन् ।
नेपाल र अमेरिकाबीच ७५ भन्दा बढी वर्षदेखि आत्मीय सम्बन्ध रहँदै आएको स्मरण गर्दै उनले यस साझेदारीलाई अझ बलियो बनाउन आफू सँगै काम गर्न उत्सुक रहेको बताएका छन् ।
उनले लेखेका छन्, ‘संयुक्त राज्य अमेरिकाको ४७औँ राष्ट्रपतिका रूपमा कार्यभार सम्हाल्नुभएकामा डोनाल्ड जे ट्रम्पलाई मेरो हार्दिक बधाई छ । सफल कार्यकालको शुभकामना पनि । नेपाल र अमेरिकाबीच ७५ भन्दा बढी वर्षदेखि आत्मीय सम्बन्ध रहँदै आएको छ र म यो साझेदारीलाई अझ बलियो बनाउन सँगै काम गर्न उत्सुक छु।’





























प्रतिक्रिया