काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गरेका छन् । आईतबार बसेको बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गरेका हुन् । सम्बोधनका क्रममा प्रधानमन्त्रीले बजेट भाषण स्टाइलमा जवाफ दिएका छन् ।
उनले आफ्नो कार्यकालमा अहिलेसम्म गरिएको कामको जानकारी सदनलाई गराएका छन् । प्रधानमन्त्री ओलीले वर्तमान सरकार आफ्नो लक्ष्यमा दृढ भएर अगाडि बढिरहेको बताउँदैं सरकारलाई असफल बनाउन भ्रम फैलाईएको दाबी गरेका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले कोहीले धमिलो पानीमा माछा मार्ने खेलमा लागिरहेको आरोप लगाए । सरकारले ल्याएको विभिन्न महत्वपूर्ण योजनाको खिल्ली उडाईरहेको भन्दै प्रधानमन्त्री ओलीले यसमा सहयोग गर्न कांग्रेसलाई आग्रह गरे ।
नेपाली कांग्रेस नेतृत्वको सरकारले ल्याएको कर्मचारी समायोजन ऐन कार्यान्वयन गरेको भए उमेर भएका राष्ट्रसेवकलाई पेन्सनर बनाएर दक्षता गुमाउनुपर्ने पनि बताए । आधिकारिक ट्रेड युनियनसँग भएको सहमतिअनुसार नै कर्मचारी समायोजन अघि बढेको बताए ।
यसमा चित्त दुखाउनु नपर्ने उनले बताए । कर्मचारी आन्दोलनतर्फ संकेत गर्दै उनले भने, ‘पानीलाई धमिलो पार्ने र धमिलो पानीमा माछा मार्ने रहर नगर्नु नै उपयुक्त हुन्छ ।’
महंगी घटेको दाबीः
प्रधानमन्त्री ओलीले देशमा महंगी घटेको दाबी गरेका छन् । उनले गत वर्षको तुलनामा यस वर्ष महंगी घटेको दाबी गरेका हुन् । गत वर्ष ४ दशलम २ प्रतिशत महंगी थियो भने यस वर्ष ३ दशमल ७ प्रतिशतमात्र रहेको बताए ।
ओलीले यस वर्ष आर्थिक बृद्धि दर ८ प्रतिशतको हाराहारीमा हुने अनुमान गरिएको दाबी गरेका छन् । राजश्व शंकलनमा ३२ प्रतिशतले बृद्धि भएको बताउँदै प्रधानमन्त्री ओलीले चालु सरकारी खर्च ३४ बाट १४ प्रतिशतमा झरेको बताए । कुल वैदेशिक सहयता १६२ दशलम ७२ प्रतिशतले बृद्धि भएको प्रधानमन्त्रीको दावी छ ।
सबैलाई धैर्य गर्न आग्रहः
संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले धैर्य गर्न सबैलाई अनुरोध गरेका छन् । आफुले विगतमा गरेका महत्वपूर्ण वाचाँहरु प्रक्रियामा रहेकाले केही समय धैर्य गर्न सबैलाई आग्रह गरेका हुन् । पानी जहाज, रेल, सुरुङ मार्ग लगायतका विषयमा पछिल्लो समय उठिरहेका ब्यंगप्रति प्रश्न उठाउँदैं केही समय धैर्य गर्न सबैमा आग्रह गरेका हुन् ।
रेल मार्ग निर्माणको क्रममा रहेको भन्दै सरकारले दुई वटा रेल किन्ने प्रक्रिया अगाडि बढाएको बताए । पानी जहाजका विषयमा धेरै नै मजाक उडाईएको भन्दै प्रधानमन्त्री ओलीले यसको जहाज ल्याउने प्रक्रिया सुरु भएको दाबी गरे ।
तुईन विस्तापनः
देशभरका विभिन्न स्थानमा रहेका तुईन विस्तापनको चरणमा रहेको बताए । सम्बोधन जारी छ ।































प्रतिक्रिया