सिंहदरबार पुगे हर्क साम्पाङ, रित्तो गाग्री प्रहरीले खोस्यो

सिंहदरबार पुगे हर्क साम्पाङ, रित्तो गाग्री प्रहरीले खोस्यो

केन्द्रबिन्दु
66
Shares

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ सिंहदरबार पुगेका छन् । मंगलबार धरानवासीको पानीको समस्या समाधानको माग गर्दै मेयर साम्पाङ खानेपानी मन्त्रीलाई भेट्न सिंहदरबारस्थित मन्त्रालयमा पुगेका हुन् ।

उनी रित्तो गाग्री बोकेर सिंहदरबार प्रवेश गर्न लागेका थिए । उनको गाग्री भने प्रहरीले खोसेको छ । मेयर साम्पाङ धरानवासीको खानेपानीको समस्या दीर्घकालीन समाधान गर्न माग गर्दै मन्त्रालयमा छलफलमा छन् ।

Logo